प्रदर्शनको मौका छोपेर ठूलो संख्यामा सालका रुख काटियो 

जेन-जी आन्दोलनको समयमा पक्राउ गरी कारबाही गर्न सक्ने अवस्था नरहेको र बुधबार कटान क्षेत्रमा नेपाली सेनासहितको टोली पुगेपछि तस्करहरू फरार भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

भाद्र २७, २०८२

सन्तोष सिंह

महोत्तरी — बर्दिबासस्थित टुटेश्वरनाथ साझेदारी वन क्षेत्रमा आधुनिक मेसिन प्रयोग गरी ठूलो संख्यामा सालका रुख काटिएको छ । बर्दिबास नगरपालिका–५ टुटेश्वर क्षेत्रमा १ सय ८० भन्दा बढी सालका रुख काटिएको भेटिएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रले बताए ।

जेन-जी आन्दोलन चलिरहँदा टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको कार्यालयमा आक्रमणसमेत भएको छ । मंगलबार राति जेन-जी आन्दोलनकै आडमा सालको रुख कटान गरेको खबर आएपछि संलग्नलाई पक्राउ गर्दा स्थानीयको भिडका कारण छाडिएको र बुधबार दिउँसो ठूलो संख्यामा रुख काटिएको टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष विनय झाले बताए ।

जेन-जी आन्दोलनको समयमा पक्राउ गरी कारबाही गर्न सक्ने अवस्था नरहेको र बुधबार कटान क्षेत्रमा नेपाली सेनासहितको टोली पुगेपछि तस्करहरू फरार भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully