एमाले सांसद लीलानाथ श्रेष्ठको घरमा आगजनी

आगजनीबाट उनको घर र घरसँगै रहेको लीला बिडी फ्याक्ट्रीमा ठूलो क्षति पुगेको छ । घरमा राखिएका एउटा कार र ट्याक्टर पनि जलेको प्रहरीले जनाएको छ ।

भाद्र २४, २०८२

विनय आजाद

UML MP Leelanath Shrestha's house set on fire

सिरहा — नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठको घरमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । श्रेष्ठको चोहर्वास्थित घरमा आन्दोलनकारी आगजनी गरेका हुन् ।

आगजनीबाट उनको घर र घरसँगै रहेको लीला बिडी फ्याक्ट्रीमा ठूलो क्षति पुगेको छ । घरमा राखिएका एउटा कार र ट्याक्टर पनि जलेको प्रहरीले जनाएको छ ।

आन्दोलनकारीहरू श्रेष्ठ र उनको परिवारलाई खोजिरहेको छ भने उनीहरू अन्यत्र भागेका छन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully