मिर्चैया नगरपालिकाको कार्यालय आगजनी

आगजनीका कारण नगरपालिकामा भौतिक क्षति पुगेको छ भने महत्त्वपूर्ण कागजातसमेत जलेका छन् ।

भाद्र २४, २०८२

विनय आजाद

Mirchaiya Municipal Office arson

सिरहा — सिरहाको मिर्चैया नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी भएको छ । जेनजी आन्दोलनकारीहरूले नगरपालिकामा तोडफोड गर्दै आगजनी गरेका हुन् ।

आगजनीका कारण नगरपालिकामा भौतिक क्षति पुगेको छ भने महत्त्वपूर्ण कागजातसमेत जलेका छन् । आन्दोलनकारीहरू जनप्रतिनिधिलाई नियन्त्रणमा लिन नगरपालिका गएका थिए । तर, कोही नभेटिएपछि कार्यालयमा आगजनी गरेको एक स्थानीयले बताए । सुरक्षाकर्मीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully