चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले प्रहरीको गाडी जलाए, स्थिति नियन्त्रणमा लिन गोली प्रहार

प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सोही क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीसमेत जलाएका छन् ।

भाद्र २४, २०८२

शिव पुरी

In Chandranigahpur, protesters set fire to a police vehicle, firing to bring the situation under control

रौतहठ — रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार गोली प्रहार भएको छ ।

सोमबारको प्रदर्शनका क्रममा भएको दमनविरुद्ध मंगलबार जेन–जी पुस्ताको विरोध प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको हो ।

प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सोही क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीसमेत जलाएका छन् । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले दर्जनौं हवाई फायर गरेको छ ।

घटनाको विवरण आउन बाँकी छ। चन्द्रनिगाहपुरको अवस्था अहिले तनावग्रस्त बनेको छ। 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully