युवा प्रदर्शनकारीले मंगलबार पूर्व सामान्य प्रशासनमन्त्री तथा एमाले सांसद राजकुमार गुप्ताको घरमा पनि आगजनी र तोडफोड गरेका छन् ।
पर्सा — वीरगन्जको रानिघाटस्थित उनको घरमा दिउसो करीब ३ बजे प्रदर्शनकारीहरुको समूहले आगजनी र तोडफोड गरेका हुन् ।
सोमबार काठमाडौंमा प्रदर्शन गरिरहेका युवालाई सरकारले दमन गरेर हत्या गरेको भन्दै मंगलबार बिहानैदेखि सडकमा प्रदर्शन गरिरहेका उनीहरु उग्र बनेका हुन् ।
