यसअघि सोमबार राति ९ देखि मंगलबार बिहानसम्म १२ घण्टाका लागि कर्फ्यु लगाइएको हो ।
वीरगन्ज — वीरगन्ज महानगरमा मंगलबार बिहान ११ बजे देखि पुनः कर्फ्यु लगाइएको छ । स्थानीय प्रशासनले बिहान ११ देखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
जेन-जी प्रदर्शन बिहानदेखि चर्किएपछि प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको आदेशले पुनः कर्फ्यु लगाइएको हो । यसअघि सोमबार राति ९ देखि मंगलबार बिहानसम्म १२ घण्टाका लागि कर्फ्यु लगाइएको हो ।
मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु लागू गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कर्फ्युको चार किल्ला वीरगन्ज महानगरपालिकाको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य प्रवेशद्वारलाई चार किल्ला तोकिएको छ ।
मंगलबार बिहान ९ बजे कर्फ्यु हटे पनि माइस्थान, घण्टाघरलगायतका स्थानमा युवाहरुले प्रदर्शन सुरु गरेका थिए ।
