रौतहटको चन्द्रपुरमा पनि सरकारविरुद्ध सडकमा उत्रिए जेन–जी

चन्द्रपुरको पुरानो बजारमा कलेज पोशाकमा भेला भएका किशोरकिशोरीले भ्रष्टाचारविरुद्ध विरोध जनाउँदै प्रदर्शन गरेका छन्।

भाद्र २३, २०८२

शिव पुरी

In Rautahat's Chandrapur, Gen-G also took to the streets against the government

काठमाडौँ — सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध रौतहटमा पनि जेन–जीले प्रदर्शन गरेका छन् ।  रौतहटको चन्द्रनिगाहपुरमा उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै चोक परिक्रमा गरे ।

चन्द्रपुरको पुरानो बजारमा भेला भएका अधिकांश किशोरकिशोरीहरु कलेज पोशाकमा थिए । 

सरकारमा बसेकाहरु सबै भ्रष्टाचारमा लिप्त भएको भन्दै विरोध जनाएका छन् । यस्तै सुरक्षाकर्मीले हस्तक्षेप नगरे पनि जुलुशको निगरानी भने राखिरहेको छ । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु कार्कीले चन्द्रनिगाहपुरबाहेक जिल्लाका अन्य स्थानमा प्रदर्शन नभएको जानकारी दिए ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully