स्कुल बसको ठक्करबाट बालकको मृत्यु

८ वर्षीय बालकको ज्यान गएको हो, बसका चालक फरार छन् ।

भाद्र २०, २०८२

विनय आजाद

A child dies after being hit by a school bus

काठमाडौँ — सिरहामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोलबजार नगरपालिका-२ टुर्कियामा निजी विद्यालयको बसको ठक्करले पैदल हिँडिरहेका स्थानीय मदन साहका ८ वर्षीय छोरा आदर्श साहको मृत्यु भएको हो ।

ठक्कर दिने ग १ ख ३७८८ नम्बरको बस गोबजारस्थित ट्रिनिटी बोर्डिङ स्कुलको हो । शुक्रबार बिहान ११ बजेको समयमा बसले ठक्कर दिँदा बालकको टाउकोमा गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताए ।

बसका चालक गोलबजार-३ का २८ वर्षीय विमल भुजेल फरार छन् भने उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully