सिरहा सदरमुकाममा प्रादेशिक अस्पतालविरुद्ध प्रदर्शन

मञ्चले र्‍याली प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको विस्तृत छानबिन गरी संलग्न चिकित्सकलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

भाद्र १८, २०८२

विनय आजाद

Demonstration against provincial hospital in Siraha headquarters

सिरहा — सिरहा सदरमुकाममा प्रादेशिक अस्पतालविरुद्ध प्रदर्शन भएको छ । सिरहा विकास मञ्चले बुधबार सदरमुकाममा र्‍याली प्रदर्शन गरेको हो ।

औरही गाउँपालिका-३ खजनपुरका ६० वर्षीय राजेन्द्र यादवलाई गत भदौ १४ गते बिहान सर्पले टोकेको थियो । त्यसपछि उनी आफै मोटरसाइकल चलाएर अस्पताल पुगेका थिए । तर, त्यहाँका चिकित्सकले उपचार गर्नुको साटो रेफर गरिदिएको र त्यहाँबाट कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लाँदै गर्दा बाटोमै उनको मृत्यु भएको मञ्चको आरोप छ ।

मञ्चले र्‍याली प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको विस्तृत छानबिन गरी संलग्न चिकित्सकलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

यस्तै, सिरहा अस्पतालमा सर्पदंश उपचारको व्यवस्था, आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न पनि मञ्चले माग गरेको छ । एक साताभित्र आफूहरूको माग सम्बोधन नभए कडा आन्दोलन गर्न बाध्य हुने मञ्चका अध्यक्ष रामरिझन यादवले चेतावनी दिए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully