माइती नेपाल वीरगन्जद्वारा एक वर्षको अवधिमा १ सय ६९ को उद्धार

गृहले गत आवभरिमा हराएका १४ महिलालाई खोजी गरी पारिवारिक पुनर्मिलन गराएको थियो । गत आवमा उद्धार गरिएकाहरुमा जातिगत रुपमा सबैभन्दा बढी जनजाति ६६, ब्राम्हण/क्षेत्री ३४, दलित १९, मुस्लिम ९, नेवार १ र मधेशीसहित अन्य जातिका गरी ४० जना थिए ।

भाद्र १७, २०८२

शंकर आचार्य

Rescue of 169 during one year by Maiti Nepal Birganj

पर्सा — मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा रोकथाममा सक्रिय संस्था माइती नेपाल वीरगन्ज आवधिक गृहले गत आर्थिक वर्षमा १ सय ६९ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

गृहले मंगलबार वीरगन्जमा आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । गृह प्रमुख गोमा पौडेलले प्रस्तुत गरेको तथ्यांकअनुसार अघिल्लो आव २०८०/८१ मा १ सय ११ महिला तथा बालबालिकाको उद्धार भएको थियो । दुवै आर्थिक वर्षमा उद्धार गरिएकामा जिल्लास्थित नेपाल-भारत सीमा तथा भारतबाट समेत उद्धार गरी ल्याइएकाहरु तथ्यांकमा समेटिएको पौडेलले बताए । उनका अनुसार, गत आवमा उद्धार गरिएका १ सय ६९ मध्ये १६ जनालाई भारतबाट उद्धार गरी ल्याइएको हो ।

गृहले गत आवभरिमा हराएका १४ महिलालाई खोजी गरी पारिवारिक पुनर्मिलन गराएको थियो । गत आवमा उद्धार गरिएकाहरुमा जातिगत रुपमा सबैभन्दा बढी जनजाति ६६, ब्राम्हण/क्षेत्री ३४, दलित १९, मुस्लिम ९, नेवार १ र मधेशीसहित अन्य जातिका गरी ४० जना थिए ।

कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी लगायतकाले मानव बेचबिखन नियन्त्रण जस्तो पवित्र कार्यमा माइती नेपाल वीरगन्ज शाखाको सक्रियता र योगदान प्रशंसनीय रहेको बताउँदै यो कार्यमा सहकार्य र हातेमालोको प्रतिबद्धता जनाएका थिए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully