मन्त्री यादव र मेयर सिंहलाई धम्की दिएको आरोपमा साहमाथि ३ वटा अपराधमा कसुर दाबी 

आइतबार जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि तीन दिन म्याद थपिएको छ ।

भाद्र १६, २०८२

शंकर आचार्य

Shah charged with 3 offenses for threatening Minister Yadav and Mayor Singh

पर्सा — संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहलाई टेलिफोनबाट धम्की दिएको आरोपमा पक्राउ परेकी बारा कलैयाकी २३ वर्षीया किरण साह उपर तीनवटा अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

साइबर क्राइम गरेको, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिएको र झुटा कुराको अफवाह फैलाएको अपराधमा मुद्दा चलाइएको हो । पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार शनिबार वीरगन्जबाट पक्राउ परेकी साहलाई अदालतमा सोधपुछपछि आइतबार जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतले अनुसन्धानका थप तीन दिन म्याद दिएको छ । यस अवधिमा यस मुद्दामा थप अनुसन्धान गरिने उनले बताए । 

शंकर आचार्य

Link copied successfully