मन्त्री यादव र मेयर सिंहलाई धम्की दिएको आरोपमा महिला पक्राउ

पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले साहले दुई/तीन दिनअघि दुवै जनालाई फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएर टेलिफोन वार्तालाप सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि शनिबार वीरगन्जबाट पक्राउ गरिएको बताए ।

भाद्र १४, २०८२

शंकर आचार्य

Woman arrested for threatening Minister Yadav and Mayor Singh

काठमाडौँ — संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहलाई टेलिफोनबाट धम्की दिएकोको आरोपमा पर्सा प्रहरीले बारा कलैयाकी २३ वर्षीया किरण साहलाई पक्राउ गरेको छ । 

पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले साहले दुई/तीन दिनअघि दुवै जनालाई फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएर टेलिफोन वार्तालाप सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि शनिबार वीरगन्जबाट पक्राउ गरिएको बताए । साहलाई सोधपुछका लागि पक्राउ गरिएको र शनिबार साँझसम्म पनि सोधपुछ जारी रहेको उनले बताए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully