झडप नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको धनुषाका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार स्थिति अहिले नियन्त्रणमा छ ।
जनकपुरधाम — धनुषामा दुई पक्षबीच विवाद भएको छ । शनिबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठामा झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको धनुषाका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार स्थिति अहिले नियन्त्रणमा छ ।
एकतर्फ नेपाल प्रहरी र अर्कोतर्फ सशस्त्र प्रहरी खटाइएको छ । करिब दुई सय प्रहरी परिचालन गरिएको डीएसपी सिंहले बताए ।
