शुक्रबार नेपाल शिक्षक महासंघमा आबद्ध शिक्षकहरु विद्यालयमा हाजिरी गरी नगरपालिकाको कार्यालयमा धर्ना बसेपछि नगर प्रमुख पाण्डेयले विद्यालयमा हाजिरी गरेर आन्दोलनमा सहभागी हुने शिक्षकको तलब कट्टा गर्ने चेतावनी दिएको हो ।
महोत्तरी — मनरासिसवा नगरपालिकाका नगर प्रमुख मोहन पाण्डेयले दिनहुँ विद्यालयका शिक्षक आन्दोलन गर्न थालेपछि तलब काट्ने चेतावनी दिएका छन् । विद्यालयमा हाजिरी गरी आन्दोलन गर्ने शिक्षकलाई तलब काट्ने चेतावनी दिइएको नगर प्रमुख पाण्डेयले बताए ।
शुक्रबार नेपाल शिक्षक महासंघमा आबद्ध शिक्षकहरु विद्यालयमा हाजिरी गरी नगरपालिकाको कार्यालयमा धर्ना बसेपछि नगर प्रमुख पाण्डेयले विद्यालयमा हाजिरी गरेर आन्दोलनमा सहभागी हुने शिक्षकको तलब कट्टा गर्ने चेतावनी दिएको हो ।
'विद्यालयमा आएर हाजिरी गर्ने अनि आन्दोलनमा जाँदा विद्यार्थीको भविष्यसँग खेलबाड भइरहेको छ,' नगर प्रमुख पाण्डेयले भने,‘हाजिरी गरेको दिन शिक्षकले विद्यालयमा पढाउनु पर्छ । हाजिरी गरेर आन्दोलनमा गइरहने शिक्षकको तलब कट्टा गर्ने तयारी गरेका छौं । दिनहुँ आन्दोलनमा जाने शिक्षकले बिदा लिएर जान सक्छ ।’
अधिकारका लागि आन्दोलन गर्ने शिक्षकले विद्यार्थीको पढने अधिकारबाट बञ्चित गरी भविष्यसंग खेलबाड गर्न नमिल्ने नगर प्रमुख पाण्डेले बताए ।