सर्लाहीबाट हतियारसहित दुईजना पक्राउ

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा भारतको सोनवर्षाबाट बिआर ०६डिएम ९५२३ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेको किशनलाई सदरमुकाम मलंगवाबाट नियन्त्रणमा लिई सोधखोज गर्दा उनले आफूसँग भएको हतियार श्यामलाई राख्न दिएको स्वीकार गरेका थिए ।

भाद्र १२, २०८२

ओमप्रकाश ठाकुर

Two arrested with weapons from Sarlahi

सर्लाही — सर्लाही प्रहरीले हातहतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरा छन् । 

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा भारतको सोनवर्षाबाट बिआर ०६डिएम ९५२३ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेको किशनलाई सदरमुकाम मलंगवाबाट नियन्त्रणमा लिई सोधखोज गर्दा उनले आफूसँग भएको हतियार श्यामलाई राख्न दिएको स्वीकार गरेका थिए । त्यसपछि प्रहरीले बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरालाई घरबाट नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले हतियार बागमती–१२ स्थित बागमती नदीको किनारमा लुकाइराखेको बताएका थिए । प्रहरीले उक्त स्थानबाट कटुवा पेस्तोल १ थान बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ओमप्रकाश

Link copied successfully