बस्ती छिर्‍यो घाइते यमगज

बिहीबार बिहान चन्द्रनिगाहपुरको मुख्य चोक नजिकका बस्ती प्रवेश गरेको यमगजले घर भत्काएको छ ।

भाद्र १२, २०८२

शिव पुरी

Injured Yamagaj entered the settlement

What you should know

रौतहट — लामो समयदेखि रौतहटको चन्द्रपुर नगरपालिकास्थित जंगलमा बस्दै आएको जंगली हात्ती ‘यमगज’ अहिले गाउँ पस्न थालेको छ । बिहीबार बिहान चन्द्रनिगाहपुरको मुख्य चोक नजिकका बस्ती प्रवेश गरेको यमगजले घर भत्काएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जबाट आएको यमगज झन्डै एक वर्षदेखि रौतहटको जंगलमा बस्दै आएको छ । पछिल्लो समय पूर्वपश्चिम राजमार्गको लमाहा–चन्द्रनिगाहपुर खण्डमा सवारी जाम गर्ने गरी सडकमै बस्ने गरेको यमगजले बस्ती पसेर घर भत्काउन थालेको स्थानीय सञ्चारकर्मी अनमोल कार्कीले बताए । यमगजले कार्कीको घरको पर्खालमा समान्य क्षति पुर्‍याएको छ । बस्ती छिरेपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर सिटी फुक्दै जंगलतिर भगाएका थिए ।

Injured Yamagaj entered the settlement

चन्द्रपुर–३ स्थित सामुदायिक वनको नर्सरीमा खुट्टामा गम्भीर चोट लागेको यमगजले चार महिनाअघि जुडिबेलामा आधा दर्जन घर भत्काएको थियो । यमगजको अगाडिको दाहिने खुट्टा सुनिएको छ । चिकित्सकले यमगजलाई सिकारीले गोली हानेको हो वा भाला प्रहार गरेको भन्ने यकिन गर्न सकिरहेका छैनन् । डिभिजन वन कार्यालयले जंगली हात्तीको विषयमा प्रदेश सरकारको वन मन्त्रालयसँग समन्वय गरिहेको जनाएको छ ।

Injured Yamagaj entered the settlement

चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामासहितको टोलीले घाइते ‘यमगज’ लाई गैंडाटारको नर्सरीभित्र दुई पटकसम्म डार्ट गरेर एन्टिबायोटिक दिएको थियो ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully