१९ लाखभन्दा बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरी १३ गण हेडक्वार्टर पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका-१० अशोक बाटिकास्थित सिता थापाको घरमा भारतबाट अवैध रुपमा ल्याई राखिएको कपडा बरामद गरेको हो ।

भाद्र ११, २०८२

शंकर आचार्य

Illegal goods worth more than 19 lakhs seized

पर्सा — सशस्त्र प्रहरीले वीरगन्जबाट १९ लाखभन्दा बढीको तस्करीको सामान बरामद गरी भन्सार दाखिला गरेको छ । 

सशस्त्र प्रहरी १३ गण हेडक्वार्टर पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका-१० अशोक बाटिकास्थित सिता थापाको घरमा भारतबाट अवैध रुपमा ल्याई राखिएको कपडा बरामद गरेको हो । यस्तै सोही टोलीले अशोक बाटिकाबाटै बिआर २२ एस ०७०१ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको भन्सार मूल्य १७ लाख ८५ हजार ७ सय ३६ रुपैयाँ बराबरको हुक्काको फ्लेवर, कपडा र किराना सामान बरामद गरेको छ ।  

उक्त कार्यमा प्रयोग गरिएको मोटरसाइकलको मूल्य एक लाख ४० हजार मूल्यांकन गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully