रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव  

शनिबार राति सुटकेस देखेपछि आइतबार बिहान महिलाको शव फेला परेको, प्रहरी अनुसन्धानमा जुटेको छ।

भाद्र ८, २०८२

शिव पुरी

A woman's body was found inside a suitcase in Rautahat

रौतहट — रौतहटको सदरमुकाम गौरमा सुटकेस भित्र एक महिलाको शव फेला परेको छ ।

शनिबार राति सडकमा सुटकेस देखेपछि प्रहरी शसंकित भएको थियो । शंकास्पद वस्तु भएको आशकामा प्रहरीले राति सुटकेस खोलेन् । आइतबार बिहान हेर्दा महिलाको शव फेला परेको हो ।

गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेसभित्र महिलाको शव भेटिएको हो । माधवनारायण–६ की २६ वर्षीया रुबिकुमारीको शव भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रुद्र कडेलले जानकारी दिए । 

‘शवको पहिचान भइसकेको छ । मृतकको आफन्तहरु आएर सनाखत गरेका छन्,’ उनले भने, ‘घटनाबारे अनुसन्धान हुँदै छ । हामी रातीको सीसीटीभी फुटेज हेर्दै छौं । शव कसले ल्यायो भन्ने खुल्न बाँकी छ ।’

राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । प्रहरीले बिहान सुटकेस खोलेर हेर्दा महिलाको शव फेला पारेको हो ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully