३० लाखबराबरको सवारी साधनसहित तस्करीका सामान बरामद

आइतबार नै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगन्ज–१९ विन्दवासिनी चोकबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ मोटरसाइकलमा लोडगरी ल्याउँदै गरेको तीन लाख ७४ हजार दुई सय पाँच रुपैयाँ बराबरको कपडा, किरानाका सामान बरामद गरेको छ ।

भाद्र ८, २०८२

शंकर अाचार्य

30 lakh worth of vehicles and smuggled goods seized

What you should know

पर्सा — सशस्त्र प्रहरीले वीरगन्जका विभिन्न स्थानबाट ३० लाख बराबरको सवारी साधनसहितको तस्करीको सामान बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले शनिबार वीरगन्ज महानगरपालिका–११ पावरहाउस चोकबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ टेम्पो र ई लोडरमा लोडगरी ल्याउँदै गरेको सात लाख ४४ हजार रुपैयाँ बराबरको चकलेट र सो कार्यमा प्रयोग गरिएको टेम्पो र ईलोडरको १३ लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीका लागि आइतबार वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

सोही गुल्मबाट खटिएको अर्को टोलीले आइतबार ३६ हजार चार सय ४० रुपैयाँबराबरको किराना सामान बरामद गरेको छ । सो कार्यमा प्रयोग गरिएको एक थान मोटरसाइकलको एक लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीका लागि आइतबार वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

30 lakh worth of vehicles and smuggled goods seized

आइतबार नै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगन्ज–१९ विन्दवासिनी चोकबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ मोटरसाइकलमा लोडगरी ल्याउँदै गरेको तीन लाख ७४ हजार दुई सय पाँच रुपैयाँ बराबरको कपडा, किरानाका सामान बरामद गरेको छ । तस्करीमा प्रयोग गरिएको मोटरसाइकलको एक लाख ५० हजार रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्सा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुर भिखम्पुर बिओपी, अमरपट्टी ,पिडारीगुठी कार्यालयहरुबाट दुई लाख ८३ हजार १ सय २० रुपैयाँबराबरको पशुचौपाय तथा विभिन्न सामानहरु आवश्यक कारबाहीका लागि आइतबार वीरगन्ज भन्सार कार्यालयमा बुझाएको तथा लिलामी प्रक्रियामा रहेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिएका छन्  । 

शंकर अाचार्य

Link copied successfully