गौर राइस मिल घटनामा सर्वोच्च अदालतले जसपा अध्यक्ष उपेन्द्र यादवमाथि छानबिन गर्न दिएको आदेशविरुद्ध उनीहरुले झाडु प्रदर्शन गरेका हुन् ।
जनकपुरधाम — जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला संघले प्रदर्शन गरेको छ । शनिबार जनक चोकमा जसपाका महिला नेतृहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रेका हुन् ।
गौर राइस मिल घटनामा सर्वोच्च अदालतले जसपा अध्यक्ष उपेन्द्र यादवमाथि छानबिन गर्न दिएको आदेशविरुद्ध उनीहरुले झाडु प्रदर्शन गरेका हुन् । जनकपुरधाममा जसपाका नेता तथा कार्यकर्ताहरुले आज छैटौं दिन पनि प्रदर्शन जारी राखेका छन् ।
जसपाका नेता तथा कार्यकर्ताहरुले परमादेश फिर्ता लिन, भूमि विधेयक फिर्ता गर्नसमेत माग गरेका छन् । गौर घटना राजनीतिक प्रतिशोध रहेको, राज्य सत्ताको दुरुपयोग भएको भन्दै नेता कार्यकर्ताहरुले नाराबाजीसमेत गरेका थिए । २०६३ चैत ७ गते गौर राइसमिल चौरमा तत्कालीन फोरम र माओवादीका नेता कार्यकर्ताबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो ।
