मुख्यमन्त्री सतिशकुमार सिंहले मलेसियामा रहेका नेपाली कामदार तथा मधेश प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मलेसिया भ्रमणमा जान लागेका छन् । शुक्रबार मुख्यमन्त्री सिंह मलेसिया निजी भ्रमणको लागि काठमाडौंबाट प्रस्थान गर्न लागेका हुन् ।
भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् । मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली २०८० को नियम १४ को उपनियम (३) बमोजिम मन्त्री यादवलाई कार्यवाहकको जिम्मा दिएर विदेश भ्रमणमा जान लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री सिंह मलेसियामा रहेका नेपाली कामदार तथा मधेश प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
उनी मलेसियामा विभिन्न कार्यक्रममासमेत सहभागी हुने जनाइएको छ ।
