सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

कमला सिँचाइ कार्यालयले ७० बिघामा सेवा सुरू गर्दै नयाँ बोरिङ प्रणालीको शुभारम्भ गरेको छ।

भाद्र ५, २०८२

रासस

``Deep Boring'' by spending 70 million

सिरहा — खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ ।

कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबट ७० बिघामा  सिँचाइ सेवा उपलब्ध हुनेछ । बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरे। 

त्यस अवसरमा गोलबजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरमछ वटा डिप बोरिङ खनिएको जानकारी दिए।

रासस

Link copied successfully