सर्लाहीको हरिपुर्वामा गाँजासहित दम्पती पक्राउ

हरिपुर्वा नगरपालिका–५ का ४५ वर्षीय रुपेश साहको पक्की घर खान तलासी गर्दा घरको छतमा लुकाइराखिएको २० केजी ३४० ग्राम गाँजा फेला परेको हो ।

भाद्र ५, २०८२

ओमप्रकाश ठाकुर

Couple arrested with marijuana in Haripurwa of Sarlahi

सर्लाही — सर्लाहीको हरिपुर्वामा घरमा लुकाइछिपाइ बिक्रीका लागि राखिएको गाँजासहित दम्पती पक्राउ परेका छन् ।

हरिपुर्वा नगरपालिका–५ का ४५ वर्षीय रुपेश साहको पक्की घर खान तलासी गर्दा घरको छतमा लुकाइराखिएको २० केजी ३४० ग्राम गाँजा फेला परेको हो । प्रहरीले साहसहित उनकी ३५ वर्षीया पत्नी प्रतिमा कुमारीलाई पनि नियन्त्रणमा लिएको छ । 

प्रहरी चौकी हरिपुर्वाको टोलीले विशेष सूचनाका आधारमा गाँजासहित दम्पतीलाई नियन्त्रणमा लिएको हो । गाँजा नियन्त्रणमा लिन जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालय केशरगंजको टोलीले संयुक्त रूपमा छापा मारिएको प्रहरीले जनाएको छ ।

साह दम्पतीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ओमप्रकाश

Link copied successfully