यही भदौ १२ गते (बिहीबार) १ बजेदेखि बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
जनकपुरधाम — मधेश प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । बिहीबार प्रदेश प्रमुखको कार्यालयले बैठक आह्वान गरेको हो ।
यही भदौ १२ गते (बिहीबार) १ बजेदेखि बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । गएको बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको निमित सचिव सत्रुधन यादवले जानकारी दिए ।
गएको असार ३२ गते २२ वटा बैठक बसेर प्रदेशसभाको ५ औँ बैठक अन्त्य भएको थियो । अधिवेशन आह्वान भएसँगै करिब अढाई महिनापछि प्रदेशसभाको बैठक बस्ने भएको छ ।
