भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका साहको मंगलबार निधन भएको हो ।
काठमाडौँ — सप्तरीको राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साह ‘दुखीलाल’ को निधन भएको छ ।
तीन वर्षदेखि क्यान्सर पीडित रहेका साहको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले मंगलबार अध्यक्ष साहको निधन भएको उनले बताइन् ।
६५ वर्षीय साहको लामो समयदेखि केमोथेरापी चलिरहेको बताउँदै उनले उपचारकै क्रममा उनको निधन भएको बताइन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष साहका दुई छोरा र तीन छोरी छन् ।
