सशस्त्र प्रहरी बल पर्साद्वारा २२ लाख ४१ हजार मूल्य पर्ने सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर भित्र्याइएका २२ लाख ४१ हजार २४० मूल्य बराबरका सामान बरामद गरेको हो ।

भाद्र ३, २०८२

रासस

Goods worth 22 lakh 41 thousand were seized by Armed Police Force Parsa

What you should know

वीरगञ्ज (पर्सा) — सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले पर्साको विभिन्न स्थानबाट भन्सार छली गरेर भित्र्याइएका रु २२ लाख ४१ हजार २४० मूल्य बराबरका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी कृष्णसिंह पुजाराले सशस्त्र प्रहरीले सोमबार रु ११ लाख ८३ हजार मूल्य बराबरको सवारीसाधनका इञ्जिनको स्पेयर पार्टसहरू नियन्त्रणमा लिएको जानकारी दिए । 

त्यस्तैगरी प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले  गोपालजी साहको घरमा कपडा भण्डारण गरी राखेको छ भन्ने सूचनाअनुसार कपडा र वडा नं १०, आदर्शनगरस्थित शङ्करप्रसाद रौनियरको घरमा किराना सामान रु तीन लाख ६० हजार ६३० मूल्य बराबरका सामान बरामद गरेको जनाएको छ । 

त्यस्तैगरी सोही गुल्मबाट खटिएको सशस्त्र प्रहरीले मङ्गलबार प्रदेश ००१ह १२२४ नम्बरको इ–रिक्सामा लोड गरी नगवातर्फ लैजाँदै गरेको अवस्थामा ६१५ लिटर मूल्य पर्ने घरेलु मदिरा र रु दुई लाख ५० हजार मूल्य पर्ने इरिक्सा समेत बरामद गरेको छ । 

मंगलबार नै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगर–१७ स्थित भन्सार छली गरेर भारतबाट ल्याउँदै गरेको रु चार लाख २९ हजार ५०० मूल्य बराबरको मोबाइल पार्टस् नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारी पुजाराले जानकारी दिए ।

रासस

Link copied successfully