गुलाबसा खातुन हत्या प्रकरण : महोत्तरी कारागारमा रहेका साहको मृत्यु

२०७७ मंसिर ७ गते बर्दिबास–१४ की ६ वर्षीया बालिका गुलाबसा खातुनको बलात्कारपछि हत्या गरिएको थियो ।

भाद्र १, २०८२

सन्तोष सिंह

Gulabsa Khatun murder case: Death of Sah in Mahottari Jail

महोत्तरी — महोत्तरी जिल्ला कारागारमा कैदीको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–१४ का ६० वर्षीय राजकिशोर साहको मृत्यु भएको हो ।

साह शनिबार बिरामी भएपछि अस्पताल भर्ना गराइएको थियो । अस्पतालमा उपचारकै क्रममा साहको आइतबार बिहान मृत्यु भएको करागार प्रशासनले जनाएको छ ।

२०७७ मंसिर ७ गते बर्दिबास–१४ की ६ वर्षीया बालिका गुलाबसा खातुनलाई अपहरण, बलात्कार र हत्या घटनामा संलग्न साहलाई ५ वर्षपछि ०८२ असार १५ गते प्रहरीले पक्राउ गरेको थियो । बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा पक्राउ साहका छोरा २६ वर्षीय अरुणकुमार करागारमै छन् ।

हत्यापछि बालिकाको शव लुकाउन बुवा साहले छाेरालाई सहयोग गरेका थिए । साह लामो समयदेखि भारतमा लुकेर बसेका थिए । सोही घटनामा संलग्न र साहसँगै पक्राउ परेकी ५१ वर्षीया श्रीमती सुशीलादेवी साह सिन्धुली जिल्ला कारागारमा छिन् ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully