शुक्रबार जनकपुरधाममा प्रधानमन्त्री ओलीले प्रदेश प्रहरीको प्रशासनिक भवनको उद्घाटन गरेका हुन् ।
जनकपुरधाम — प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरीको भवन उद्घाटन गरेका छन् । शुक्रबार जनकपुरधाममा प्रधानमन्त्री ओलीले प्रदेश प्रहरीको प्रशासनिक भवनको उद्घाटन गरेका हुन् ।
प्रदेश प्रहरी कार्यालयका डिएसपी विजय यादवका अनुसार २३ करोड दश लाख ४३ हजार चार सय सात रुपैयाँ लागतमा भवन निर्माण भएको हो । चार बिघा १९ कठ्ठा क्षेत्रफलमा रहेको प्रदेश प्रहरीको कार्यालय रहेको छ । भवनमा ६८ वटा सुविधा सम्पन्न कोठाहरु रहेका छन् । शिवालय सुवेदी जेभी निर्माण कम्पनीले निर्माण गरेका छन् । २०८० असोज १० गते सम्झौता भएको थियो । २०८२ असार सम्म मात्रै निर्माण अवधि दिइएको थियो ।
