मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा संचालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम शुभारम्भ गर्न प्रधानमन्त्री ओली शुक्रबार महोत्तरी आउन लागेका हुन्।
महोत्तरी — प्रधानमन्त्री केपी शर्मा ओली महोत्तरी आउँदै छन्। सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माणको शिलान्यास गर्न प्रधानमन्त्री ओली महोत्तरी आउन लागेका हुन्।
मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा संचालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम शुभारम्भ गर्न प्रधानमन्त्री ओली शुक्रबार महोत्तरी आउन लागेका हुन्।
महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर ८.३८४ किलोमिटर कालोपत्रे सडक शिलान्यास गर्ने तयारी गरिएको पूर्वाधर विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले बताए ।
विश्व बैंकको अनुदान ऋण ३४ करोड ६९ लाख ५० हजार ६१६ बजेटको टेण्डर हुँदा ढुकुछु निर्माण कम्पनी प्रा.लिसँग १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा भ्याट सहितको बजेटमा २०८३ चैत्र ११ गते सम्म सडक निर्माण गर्ने सम्झौता भएको सडक प्रधानमन्त्री ओलीले शुक्रबार शिलान्यास गर्न लागेको पुर्वाधार विकास कार्यालय जलेश्वरले जनाएको छ।
मधेश प्रदेशमा २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक संजालसँग जोड्ने गरी सञ्चालन हुन लागेको योजनाअन्तर्गत रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर निर्माण हुन लागेको हो ।
प्रधानमन्त्री ओलीले जनकपुरमा मधेश प्रहरी प्रहरी कार्यालयका प्रशासनिक भवनको उदघाटन गर्ने र हंसपुर जोड्ने सडकको समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ।
