टाउकोमा गोली लागेका उनको महोत्तरीको पर्सास्थित एक निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहारपछि आक्रमणकारी फरार रहेका छन् ।
सर्लाही — गोली प्रहारबाट गम्भीर घाइते भएका सर्लाहीको हरिपुर्वा नगरपालिका–६ का ५० वर्षीय रामपुकार यादवको उपचारको क्रममा मृत्यु भएको छ ।
भारतसँग सीमा जोडिएको हरिपुर्वाका यादव घर अगाडि बसिरहेका बेला शुक्रबार साँझ गोली प्रहार भएको थियो । टाउकोमा गोली लागेका उनको महोत्तरीको पर्सास्थित एक निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहारपछि आक्रमणकारी फरार रहेका छन् ।
हरिपुर्वा प्रहरी चौकी नजिक गोली प्रहार भएर पुरुषको मृत्यु भएपछि स्थानीय त्रसित छन् । घटना संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
