महोत्तरीको सोनमामा कालोपत्र सडक शिलान्यास

विश्व बैंकको अनुदान ऋणमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमले मधेश प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक संजालसँग जोड्न १०८ किमि कालोपत्र सडक निर्माण, १८० किमि बृहत् सडक मर्मत र १ हजार किमि सडकको नियमित मर्मतसम्भार गर्ने योजना रहेको पूर्वाधर विकास कार्यालय जलेश्वरका प्रमुख कर्णले बताए ।

श्रावण ३०, २०८२

सन्तोष सिंह

Foundation stone of black paper road in Sonma of Mahottari

What you should know

महोत्तरी — प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको सोनमामा कालोपत्र सडकको शिलान्यास गरेका छन् । विश्व बैंकको अनुदान ऋण १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा २०८३ चैत ११ गतेसम्म ८.३८४ किलोमिटर सडक निर्माण गर्ने सम्झौता भएको सडक प्रधानमन्त्री ओलीले शुक्रबार शिलान्यास गरेका हुन् ।

महोत्तरीको हुलाकी राजमार्गमा प्रधानमन्त्री ओलीले शिलान्यास गरेको रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर ८.३८४ किमि कालोपत्र सडकले सोनमा गाउँपालिका-३ को रघुनाथपुरबाट सुरु भई सोनमा गाउँपालिकाको केन्द्रसँगै वडा नं.१, २, ३, र ७ का रघुनाथपुर, सोनमा, तरहारी, मुसहरी टोल हुँदै सुन्दरपुरसम्म पुग्ने पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेशलाल कर्णले बताए ।

विश्व बैंकको अनुदान ऋण ३४ करोड ६९ लाख ५० हजार ६१६ बजेटको टेन्डर हुँदा ढुकुछु निर्माण कम्पनी प्रालिसँग १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँ (भ्याटसहित)को बजेटमा सम्झौता भएको छ ।  

सडकको कुल लम्बाई ८.३८४ किमि रहेको छ भने औसत चौडाई ८.५० देखि १०.५० मि रहने छ । गाडी चल्ने सडकको चौडाई ५.५ मि कालोपत्र र दुवैतिर सोल्जरको चौडाई १.५ गरी जम्मा ८.५० मिको सडक निर्माण हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । बस्तीहरुमा आयातकारको १७६० मि. लम्बाईको ढल, कल्भर्टसमेत बनाउने योजना रहेको छ ।

Foundation stone of black paper road in Sonma of Mahottari

विश्व बैंकको अनुदान ऋणमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमले मधेश प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक संजालसँग जोड्न १०८ किमि कालोपत्र सडक निर्माण, १८० किमि बृहत् सडक मर्मत र १ हजार किमि सडकको नियमित मर्मतसम्भार गर्ने योजना रहेको पूर्वाधर विकास कार्यालय जलेश्वरका प्रमुख कर्णले बताए ।

स्थानीय तथा प्रादेशिक सडक सञ्जालहरूको सर्वयाम संचालन, दक्षता र लचिलोपन बढाउनु र सहभागी प्रादेशिक सरकारहरू र स्थानीय तहहरूको क्षमता सुदृढ गर्न नेपाल सरकारले आर्थिक वृद्धि र नागरिकको जीविकोपार्जनमा सुधार ल्याउन सडक सञ्जाललाई व्यवस्थित बनाउने लक्ष्यअनुसार नेपाल सरकार र अन्तर्राष्ट्रिय विकास संघबीच २ अगस्ट २०२४ मा वित्तपोषण सम्झौता भएको छ । सम्झौता ८  अक्टोबर २०२४ देखि १५ जुलाई २०२९ सम्म प्रथम चरणको कार्यक्रम लागि लागू हुने जनाइएको छ । 

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully