मिथिला–२ का पप्पु शाह र सेली देवी रामलाई प्रहरीले दुई सय ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको धनुषाका डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
जनकपुरधाम — धनुषामा गोली प्रहार गरी प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । बुधबार मिथिला नगरपालिका-२ नक्टाझिजबाट प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
मिथिला–२ का पप्पु शाह र सेली देवी रामलाई प्रहरीले दुई सय ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको धनुषाका डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रहरीले सूचनाको अधारमा चेक गर्दा बा.८७ ना.९६७ नम्बरमा सवार भएको मानिसहरु भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो । एक राउण्ड हवाई फायर र एक राउण्ड गोली पप्पुको खुट्टामा लागेको छ । उनको जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उनले बताए ।
