सिरहामा नवजात शिशु मृत फेला

बुधबार बिहान सिरहामा मृत शिशु भेटिएपछि प्रहरी अनुसन्धानमा जुटेको छ। शिशु फाल्नेको खोजी भइरहेको छ।

श्रावण २८, २०८२

विनय आजाद

Newborn baby found dead in Sirah

सिरहा — धनगढीमाई नगरपालिका-१० स्थित बाबुराम खोलाको डिलमा एक नवजात शिशुको शव भेटिएको छ । खोलाको डिलमा रहेको झाडीमा कपडामा बेरिएको अवस्था नवजात शिशुको शव फेला परेको हो ।

प्रहरीका अनुसार, भर्खरै जन्मिएको देखिने मृत शिशु बालक हुन् । बुधबार बिहान ९ बजे स्थानीयले शिशु फालिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अहिले घटना मुचुल्कालगायतका कार्य गरिरहेको छ

यस सम्बन्धमा थप अनुसन्धान र शिशु फाल्नेको पहिचान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully