कान्तिपुरकर्मी रामसहित पाँच जना सम्मानित

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार आयोजना गरिएको पाँचौं जिल्ला युवा सम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

Five people were honored including Kantipurkarmi Ram

राजविराज — सप्तरी युथ नेपालले कान्तिपुरकर्मी विद्यानन्द रामसहित पाँच वटा विधामा पाँच जनालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार आयोजना गरिएको पाँचौं जिल्ला युवा सम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो ।

पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै रामलाई सम्मान गरिएको छ भने आ–आफ्नो क्षेत्रमा प्रशंसनीय कार्य गरेको भन्दै प्रशासनतर्फ प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गायनतर्फ सन्नुकुमार, खेलाडीतर्फ महिला क्रिकेटर साक्षी यादव र व्यापारीतर्फ जयकुमार सोनीलाई सम्मान गरिएको युथका उपाध्यक्ष मोहन यादवले जानकारी दिए ।

युथका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजना गरिएको सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरुलाई सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कान्तिपुर

Link copied successfully