सर्लाहीस्थित घरेलु तथा साना उद्योग कार्यालय आफ्नै भवनमा

लामो समयदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको कार्यालयको आफ्नै भवनको उद्घाटन गरिएको हो ।

श्रावण २५, २०८२

ओमप्रकाश ठाकुर

Household and Small Industries Office at Sarlahi in its own building

सर्लाही — सर्लाही सदरमुकाम मलंगवास्थित घरेलु तथा साना उद्योग कार्यालय आफ्नै भवनमा सरेको छ । लामो समयदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको कार्यालयको आफ्नै भवनको उद्घाटन गरिएको हो ।

मलंगवा नगरपालिका–२ मा नवनिर्मित कार्यालय भवनको आइतबार मधेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहाले उद्घाटन गरेपछि कार्यालय सञ्चालनमा आएको हो ।

यसअघि भाडाको घरबाट कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई कार्यालय खोज्दै हिँड्नुपर्ने बाध्यता थियो । आफ्नै भवन निर्माण भएसँगै अगामी दिनमा सेवाग्राहीलाई कार्यालय खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य भएको कार्यालयका प्रमुख सञ्जिपकुमार दुबेले जानकारी दिए । 

राम कविर मठले प्रदान गरेको दुई कट्ठा जग्गामा एक करोड ६४ लाख २७ हजार १८७ रुपैयाँ बजेटमा हेम/सावित्री जेभी जनकपुरले अढाइ तल्ले कार्यालय भवन निर्माण गरेको कार्यालयले जनाएको छ ।   

ओमप्रकाश ठाकुर

Link copied successfully