लखन्देही खोलाको बाढीले बगाउँदा वृद्धको मृत्यु

खोला पारी खेतमा काम गर्न जाने क्रममा उनलाई बाढीले बगाएको थियो । खोजी गर्ने क्रममा आइतबार दिउँसो बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकाको सीमामा पर्ने खोला किनारमा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

श्रावण २५, २०८२

ओमप्रकाश ठाकुर

An old man died after being swept away by the Lakhandehi river

सर्लाही — सर्लाहीको लखन्देही खोलामा आएको बाढीले बगाउँदा एक जना वृद्धको मृत्यु भएको छ ।

लखन्देही खोलामा आएको बाढीले बगाउँदा कविलासी नगरपालिका–१, का ७० वर्षीय मोहम्मद जमिरको मृत्यु भएको हो । जमिरलाई लखन्देही खोला पारी खेतमा काम गर्न जाने क्रममा बगाएको थियो । परिवारले बेपत्ता भएको जानकारी दिएपछि खोजी गर्नेक्रममा आइतबार दिउँसो बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकाको सीमामा पर्ने खोला किनारमा मृत फेला पारिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको जानकारी दिए । 

शनिबार राति सर्लाहीको चुरेभेगमा भारी वर्षा हुँदा लखन्देही खोलामा बिहानैदेखि ठूलो बाढी आएको थियो । सर्लाहीमा हिजो बेलुका मात्रै बलरा नगरपालिकामा पुरानो मनुष्मारा खोलामा डुबेर एक किशोरीको  मृत्यु भएको थियो । उनको पनि खोला तर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

ओमप्रकाश

Link copied successfully