हरिवन नगरपालिका–१०, सुखेपोखरी क्याम्पस नजिकै प्रदेश ०२–०३–०१९ प ५४०८ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार स्थानीय १४ वर्षीया दिपिका बुढाथोकीको मृत्यु भएको हो ।
सर्लाही — सर्लाहीको हरिवनमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका छन् ।
हरिवन नगरपालिका–१०, सुखेपोखरी क्याम्पस नजिकै प्रदेश ०२–०३–०१९ प ५४०८ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार स्थानीय १४ वर्षीया दिपिका बुढाथोकीको मृत्यु भएको हो । बालिकालाई हरिवनमा सामान्य उपचारपश्चात् थप उपचारका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
साइकललाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा चालक बागमती नगरपालिका–१, का १६ वर्षीय सविन भुजेलसमेत गम्भीर घाइते भएका छन् । टाउको र आँखामा चोट लागेका भुजेलको प्रहरी निगरानीमा वीरगन्जमा उपचार भइरहेको छ ।
