मोटरसाइकलको ठक्करबाट कार्यपालिका सदस्यको मृत्यु

मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ५५ वर्षीया चन्दादेवी बैठाको मृत्यु भएको हो।

श्रावण २३, २०८२

ओमप्रकाश ठाकुर

The death of an executive member due to a motorcycle collision

सर्लाही — सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बलरा नगरपालिका-११ छतौनामा बिआर ३० के ४६९४ भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ५५ वर्षीया चन्दादेवी बैठाको मृत्यु भएको हो।

बैठा बलरा नगरपालिकाको कार्यपालिका सदस्य हुन् । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी बैठालाइ उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक बैठाको शव अहिले अस्पतालमै छ । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय जितेन्द्र ठाकुर समेत गम्भीर घाइते छन् । उनको प्रादेशिक अस्पतालमा उपचार सम्भव  नभएपछि थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । 

ओमप्रकाश

Link copied successfully