टायरगाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

दुर्घटनामा परेर मृत्यु भएका युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।

श्रावण २१, २०८२

ओमप्रकाश ठाकुर

The driver died when the motorcycle collided with the tyre

सर्लाही — सर्लाहीको हरिपूर्वामा टायरगाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा गुड्दै गरेको टायरगाडीमा विपरीत दिशाबाट आउँदै गरेको ज ५ प २२०८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक हरिपूर्वा नगरपालिका–९ का २१ वर्षीय अशोक यादवको मृत्यु भएको हो ।

दुर्घटनाको विषयलाई लिएर स्थानीयले बाँके–संग्रामपुर सडक खण्डअन्तर्गत मिर्चैया चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको प्रहरीले जनाएको छ ।

ओमप्रकाश

Link copied successfully