सडकछेउको पानी बटुलेर धान रोप्दै महोत्तरीका किसान 

महोत्तरीमा लामो खडेरीपछि आएको वर्षाले धान रोपाइँमा सुधार ल्याएको छ। अब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

श्रावण १९, २०८२

सन्तोष सिंह

Farmers of Mahottari collecting roadside water and planting paddy

What you should know

महोत्तरी — महोत्तरी अलिपट्टीकी ६२ वर्षीया हिरा देवीले दुई दिन वर्षा भए पनि खेतमा धान रोप्न पर्याप्त पानी नभएपछि बाटो छेउको पानी पम्पसेट चलाएर सोमबार छोरा–बुहारीसहित बिहानैदेखि धान रोप्ने तयारीमा लागिन् । पम्पसेट चलाउन पैसा नभएपछि छिमेकीसँग सापटी लिएर डिजेल खरिद गरी पानी नपरेको खेतमा पानी लगाउन थालिन् ।

लामो समयको अन्तरालपछि वर्षा हुँदा हिराले ऋण–कर्जामार्फत खेतमा धान रोप्ने तयारी गरे पनि खडेरीले बीउ डढेकाले समस्या भएको बताइन् ।

आमा हिराले पम्पसेट, डिजेल र ट्र्याक्टरले खेत जोत्न पैसा व्यवस्थापन गरेपछि छोरा दिपचन मण्डलले बटैयामा (लिजमा) लिएको खेतमा पानी लगाएर धान रोप्न सहज भएको बताए । ‘वर्षा नहुँदा के खाने भन्ने चिन्ता थियो,’ मण्डलले भने, ‘वर्षाले खेतमा पानी नलगे पनि केही हदसम्म आशा जगाएको छ। वर्षाले माटो राम्ररी भिजेकाले आसपासको सडक छेउबाट पानी सिंचाइ गरी खाने जोहो गर्न लागिपरेको छु।’ पछिल्लो समय वर्षा हुन थालेपछि खेतमा जेनतेन धान रोपेपछि थोरबहुत फल्ने मण्डलको विश्वास छ।

Farmers of Mahottari collecting roadside water and planting paddyजनकपुर–जलेश्वर सडकखण्डको छेउबाट पानी बटुलेर धान रोपिरहेका मण्डल जस्तै महोत्तरीका किसान ढिलो भए पनि खेतमा धान रोप्ने तयारीमा जुटेका छन्। खेतमा पानी नभए पनि नदी, पम्पसेट र आसपास वर्षाले जमेको पानीले धान रोपाइँ हुने क्रम पछिल्ला दिनमा बढेको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द राय यादवले बताए। लामो समयदेखि खडेरीको मार खेपिरहेका महोत्तरीका किसानहरूलाई पछिल्ला दुई दिनको वर्षाले राहत मिलेको उनले बताए।

Farmers of Mahottari collecting roadside water and planting paddyवर्षाले रोपाइँमा तीव्रता आएपछि जिल्लामा ५० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख यादवले बताए। वर्षा भएपछि किसानहरू बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिएका छन्। कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार अझै केही दिन वर्षा निरन्तर भए बाँकी खेतमा पनि रोपाइँ हुने सम्भावना बढेको छ।

Farmers of Mahottari collecting roadside water and planting paddy

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully