बुधबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सिँचाइ अभावले खेती गर्न नसकिएको र धेरैजसो गाउँमा पिउने पानीको अभाव भइरहेको जनाएको छ ।
राजविराज — सप्तरीमा पिउने पानीका लागि जडान भएका ट्युवबेल र बोरिङ तथा सिँचाइ गर्नका लागि प्रयोगमा रहेका नहरमा पानी नआए प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन आग्रह गरिएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सिँचाइ अभावले खेती गर्न नसकिएको र धेरैजसो गाउँमा पिउने पानीको अभाव खेपिरहेको उल्लेख गरेको छ ।
सूचनामा ट्युवबेल र बोरिङ तथा नहरमा पानी नआए प्रजिअ भोला दाहाल र प्रशासकीय अधिकृत जितेन्द्रकुमार पासवानलाई जानकारी गराउन आग्रह गरिएको छ ।
सूचनामा प्रजिअ दाहालले प्रयोग गर्ने ९८५२८५७७७७ र प्रशासकीय अधिकृत पासवानले प्रयोग गर्ने ९८५२८२२५७७ नम्बरको मोबाइल नम्बर पनि राखिएको छ ।
