बुधबार राति करिब १ बजेतिर आएको अपरिचित समूहले घरमै सुतिरहेका यादवको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेका थिए ।
सिरहा — सिरहामा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या भएको छ । धनगढीमाई नगरपालिका–११, आमटोलका ७५ वर्षीय फनिलाल यादवको हत्या भएको हो ।
बुधबार राति करिब १ बजेतिर आएको अपरिचित समूहले घरमै सुतिरहेका यादवको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते भएका उनलाई परिवारजनले तत्कालै अस्पताल लगेका थिए ।
तर, अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।
यस विषयमा अनुसन्धान र संलग्नको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी कैलाश राईले जानकारी दिए ।
