जनकपुर — ठूलो परिणाममा लागुऔषध ट्याबलेटसहित एक जना भारतीय पक्राउ परेका छन् । १० हजार ३ सय २६ पिस ट्याबलेटसहित चम्पारण बिहार अर्गवा–६ का ५० वर्षीय उपेन्द्र साह भन्ने मन्जन साह पक्राउ परेका हुन् ।
उनलाई मंगलबार राति बारा सिम्रौनगढ–६ नहरबाट पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका साह लागुऔषध कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ ।
नेपाल प्रहरीले अहिले लागुऔषध कारोबारीविरुद्ध अभियान चलाएको छ । एक वर्षको अवधिमा २३ करोड मूल्य बराबरको लागुऔषध बरामद गरेको छ ।
