आफैं चढेको स्कुल बसले किचेर सर्लाहीमा बालिकाको मृत्यु

श्रावण १२, २०८२

रासस

A girl died in Sarlahi after being run over by a school bus she was riding on

सर्लाही — ब्रह्मपुरीमा स्कुल बसले किच्दा सोमबार एक बालिकाको मृत्यु भएको छ ।

ब्रह्मपुरी गाउँपालिका–७, मोहनगञ्जमा म प्र ०३–००१ क २५४२ नम्बरको स्कुल बसले किच्दा त्यही स्थानका रमेश महतोकी पाँच वर्षीया छोरी आशिका महतोको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिका–१, चौलीखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रा महतोलाई घर पुर्‍याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ । 

घाइते बालिकालाई तत्काल जीवन नारायण अस्पताल बयलबास पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

रासस

Link copied successfully