सिरहामा गोली हानी प्रहरीद्वारा लागूऔषधसहित भारतीय नागरिक नियन्त्रणमा

श्रावण १०, २०८२

विनय आजाद

Indian citizen arrested with drugs by police in Siraha

सिरहा — सिरहाबाट प्रहरीले गोली प्रहार गरी एक भारतीय नागरिकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका-४ स्थित कुसन्डी जाने बाटोबाट एक भारतीय नागरिकलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला वीरपुर ग्राम पञ्चायत ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन् । उनको साथबाट ५० ग्राम ब्राउन सुगर पनि बरामद भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो पौने ४ बजेतिर मोटरसाइकलमा हिँडिरहेका उनलाई प्रहरीले रोक्न खोज्दा उनी भाग्न खोजेका थिए । त्यसक्रममा एक राउन्ड गोली फायर गरेर उनलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

तर, गोली भने उनलाई कतै नलागेको र उनलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान गरिरहेको डीएसपी पासवानले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully