कटुवा पेस्तोलसहित दुई जना पक्राउ

श्रावण ८, २०८२

ओमप्रकाश ठाकुर

Two people were arrested with a pistol

सर्लाही — सर्लाही सदरमुकाम मलंगवाबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-६ सुखैनियाका मोहन पासवान र रामहुलास पासवान रहेका छन् ।

मलंगवा नगरपालिका-८ स्थित गोरखकाली प्रहरी चौकीअगाडि मोहन पासवान चढेको बीआर ३०ए१०७१ भारतीय नम्बर प्लेटको मोटरसाइकल ट्राफिकले चेक गर्दा कागजात मोबाइलमा देखाउने क्रममा कटुवा पेस्तोलको फोटो देखेपछि प्रहरीले सोधपुछ गरेको थियो ।

मोहनले सो कटुवा पेस्तोल सोही ठाउँका रामहुलासको भएको बयानका आधारमा घरमा खोजतलास गरी पेस्तोलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका पासवानद्वयलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सरोज राइले जानकारी दिए । 

ओमप्रकाश

Link copied successfully