सप्तरीमा पुरुष मृत भेटिए

श्रावण ७, २०८२

विद्यानन्द राम

Man found dead in Saptari

राजविराज — सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुर कामत टोलस्थित धान खेतमा बुधबार दिउँसो एक जना मृत भेटिएका छन् ।

स्थानीय गुलाब सिंहको खेतमा ४५ वर्षीय पुरुष मृत भेटिएका हुन् । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

स्थानीयले खेतमा शव देखेपछि प्रहरी चौकी पत्थरगाढामा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट पुगेका प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । उनकाअनुसार मृतक मुस्लिम समुदायको जस्तो लुगाका लगाएका छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully