सप्तरीको राजगढबाट झण्डै चार क्विन्टल गाँजा बरामद

श्रावण ४, २०८२

विद्यानन्द राम

Nearly four quintals of ganja recovered from Rajgarh in Saptari

What you should know

राजविराज — सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पछ्वारी टोलबाट झण्डै चार क्विन्टल गाँजासहित आइतबार एक जना महिला पक्राउ परेकी छन् ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी झुटकीका वरिष्ठ सई हरिशबहादुर चन्द र बोर्डर आउट पोस्ट बनैनियाँका सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपाने नेतृत्वको संयुक्त टोलीले खानतलासी गर्न पुगेका थिए ।

सोही क्रममा स्थानीय ४० वर्षीया रेखाकुमारी मण्डलको घरबाट निर्माणाधीन शौचालय र बाँसघारीमा लुकाएर राखिएको अवस्थामा बोरासहित ३ सय ८८.७३ किलो गाँजा बरामद भएको हो । 

घरमा गाँजा भेटिएपछि मण्डललाई नियन्त्रण लिइएको छ भने गाँजासहित मण्डलमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।

एसपी गौतमकुमार केसीले गाँजासहित महिला पक्राउ परेको पुष्टि गर्दै गाँजाको परिणाम यकिन गर्ने कार्य भइरहेको बताए ।  

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully