कान्तिपुरकर्मी आचार्य सम्मानित

श्रावण ४, २०८२

कान्तिपुर संवाददाता

Kantipurkarmi Acharya honored

What you should know

पर्सा — जिल्ला प्रशासन कार्यालय पर्साले कान्तिपुरकर्मी शंकर आचार्यसहितलाई सम्मानित गरेको छ । असार १५ गते पर्साको ठोरी गाउँपालिका–३ सिकारीबासमा एकीकृत सेवा सञ्चालन कार्यक्रमको आवश्यकता उजागर गरेकोमा उच्च कदर गर्दै कान्तिपुर पर्सा संवाददाता आचार्यलाई आइतबार सम्मानित गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दोसल्ला ओढाई प्रशंसापत्रसहित आचार्यलाई सम्मानित गरेका थिए ।

साथै राष्ट्रिय समाचार समिति पर्साका प्रमुख हिमाल लम्साल, पत्रकार महासंघ पर्सा, ग्रिनसिटी सामुदायिक संस्था, रुङ्टा वेलफेयर सोसाइटी, नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय, जिल्ला पूर्वाधार विकास कार्यालय, नारायणी अस्पताल, सामुदायिक आँखा अस्तपाल, नेपाल टेलिकम प्रादेशिक कार्यालय वीरगन्ज, हस्क पावर नेपाल, घरेलु विभाग प्रादेशिक कार्यालय, ठोरी गाउँपालिकाको कार्यालयलाई पनि सम्मानित गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले सिकारीबास जस्तो पर्साको सबैभन्दा दुर्गम गाउँमा सरकारको पहुँच पुर्‍याउन सकेकोमा आफूहरू गौरवान्वित भएको बताए । उनले सरोकारवाला सम्पूर्णको प्रयासले सिकारीबासमा यसरी सरकारको उपस्थिति गराउन सफलता मिलेको बताए । 

कान्तिपुर

Link copied successfully