मोटरको तारबाट करेन्ट लागेर वृद्धाको मृत्यु

श्रावण ३, २०८२

रासस

Elderly woman dies due to electric shock from motor wire

What you should know

राजविराज (सप्तरी) — अग्नीसाइर कृष्णासवरन  गाउँपालिका–४ टेङ्गरीमा आज करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । 

स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो । करेन्ट लागेर वृद्धाको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । 

रासस

Link copied successfully